Advertisement Ad

साधुटारको सुन्दरता (तस्विरहरु)

Advertisement Ad

१९ साउन २०८०, पाँचथर । फिदिम नगरपालिका–८, मा अवस्थित छ– साधुटार । मेची राजमार्ग अन्तर्गत इलाम–फिदिम खण्डको पौवाभञ्ज्याङ बजार नजिकै रहेको साधुटार सुन्दर र मनमोहक छ ।

पहाडको टाकुरामा रहेको सानो तलाउ, पृष्ठभूमीमा देखिने कञ्चनजंघा र कुम्भकर्ण हिमश्रृङ्खला, रहरलाग्दो नागीचउर स–साना बुट्यानका सुन्दरता र स्वच्छ लेकाली हावाको स्पर्शले साधुटार पुग्ने जोकोहिलाई रोमाञ्चित बनाउछ ।

पूर्वको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा चिनिएको साधुटार घुम्न पाँचथरसँगै ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीसम्मका प्रकृतिका पारखी आउने गरेका छन् । साधुटार सुटिङ् स्पट पनि हो । यहाँ विभिन्न चलचित्र र म्यूजिक भिडियोको सुटिङ हुने गरेको छ ।

याक्थुङ (लिम्बू) हरुको मुन्धुम अनुसार रणकौशलका पर्याय हाङ्साम थेबाले चुक्निबा र लाधिप्पालाई दर्शन दिएको ठाउँ हो, साधुटार । उक्त स्थलबारे जानकार भित्रागी काइँलाका अनुसार उक्त स्थानको मौलिक नाम सोधुङ वरक हो ।

तस्विरहरु :

तस्विर : सन्देश सुब्बा