Advertisement Ad

सुत्केरी भएको कति समयपछि शारीरिक सम्पर्क गर्ने ?

Advertisement Ad

२१ साउन २०८०, पाँचथर । धेरै दम्पतीलाई लाग्न सक्छ, कि सुत्केरी भएको कति समयसम्म शारीरिक सम्पर्क नगर्ने ? अर्थात् सुत्केरी भएको कति समयपछि शारीरिक सम्पर्क गर्दा असर पुग्दैन ? यो जिज्ञासालाई मेटाउन स्वास्थ्य खबरपत्रिकाबाट यो सामग्री लिइएको छ–

सुत्केरी भएलगत्तैको सहवासले महिलालाई हानी पुग्छ । बच्चा जन्मिएपछि पुरुषलाई पहिलेजस्तो महिलाबाट यौन सुख नमिल्न पनि सक्छ । बच्चा जन्माउदा योनिको मांसपेशी टुट्ने हुन सक्छ ।

चिकित्सकका अनुसार अपरेशन नगरी सामान्य रुपले बच्चा जन्मिएको छ भने सुत्केरी भएको ६ हप्तासम्म सहवास गर्नुहुँदैंन । त्यसपछि पनि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । मांसपेशीमा लागेको घाउ निको हुन पनि कमसेकम ५ देखि ६ हप्तासम्म लाग्छ । यस्तो अवस्थामा यदि यौनसम्पर्क गर्नुभयो भने योनिमा संक्रमण हुन सक्छ ।

सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ । हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ । यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन । यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास गर्नु हुँदैन ।

६ हप्तापछि यौनसम्पर्क गर्दा पनि चरम सुखमा पुग्न पनि महिलालाई गाह्रो हुन्छ ।