Advertisement Ad

‘मासिक ६० हजार तलब’ दिने विज्ञापन गर्ने एकेएम ग्रुपमा छापा

Advertisement Ad

२१ साउन २०८०, इटहरी । महिनाको ६० हजार रुपैंयाँसम्म तलब दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्ने सुनसरीको इटहरीस्थित एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले आइतबार छापा मारेको छ ।

सामाजिक सञ्जालमा आकर्षक तलब सुबिधा सहितको अडियो, भिडियो र टेक्स विज्ञापन छ्यापछ्याप्ती आएपछि सर्वसाधरण ठगिनसक्ने भन्दै छापा मारिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । सो क्रममा ग्रुपको सामग्री बिक्रि वितरण गर्न झुठो तलब सुबिधा राखेर विज्ञापन भएको पाइएको मेयर पौडेलले बताए ।

उक्त ग्रुपले मार्केटिङको काम गर्ने गरेको र कमिशनका लागि झुटो विज्ञापन गरेको कर्मचारीले स्वीका गर्दै आगामी दिनमा यस्तो नगर्ने बताएका थिए । यद्यपी उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ । आगामी दिनम पनि यस्ता झुठा विज्ञापन गरे कारबाही हुने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधक काफ्लेले बताए ।

बिशेष गरी पूर्वी पहाडका जिल्लाहरुबाट अध्ययनका लागि आएका विद्यार्थीहरुलाई लक्षित गरी उक्त ग्रुपले झुटो तलब सुबिधा सहितको विज्ञापन गरेको पाइएको प्रहरीले जनाएको छ ।

तस्विर : राटोपाटीबाट