Advertisement Ad

माओवादी केन्द्रका प्रदेश अध्यक्षले भने– ल्हारक्याल लामाले राजीनामा दिनु राम्रो

Advertisement Ad

२३ साउन २०८०, पाँचथर । नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो) ले लुम्बिनी बिकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता मिक्सोले यस्तो बिचार व्यक्त गरेका हुन् । उनले ल्हारक्याल लामासँग आफ्नो नजिकको चिनजान नभएको तर, नियुक्तिपछि लामाबारे भएका चर्चाले लामाबारे जान्ने अवशर मिलेको उल्लेख गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष मिक्सोले लामा बिवादित नै देखिएको भन्दै उनको नियुक्तिले ल्हारक्याल स्वयंम्, पार्टी र सरकार कसैलाई फाइदा नगरेको उल्लेख गरेका छन् । अवशरका लागि सरकारलाई धन्यवाद दिएर राजीनामा गरी आफ्नो कदलाई थप उचाई दिंदा राम्रो हुने मिक्सोले लेखेका छन् ।

ल्हारक्याल लामालाई नेपाल सरकार, मन्त्री परिषदले केहि दिनअघि लुम्बिनी बिकास कोषको उपाध्यक्ष नियुक्त गरेको हो । ठगी तथा हातहतियार मुद्धामा पटक–पटक पक्राउ परिसकेका व्यक्तिलाई लुम्बिनी बिकास कोषको उपाध्यक्ष नियुक्त गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

यद्यपी ल्हारक्यालले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गरेका छन् । लामाले अब आफ्ना कामबाट आफूमाथि लागेका आरोपहरुको खण्डन गर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष मिक्सोको फेसबुक स्टाटस हेर्नुहोस :