Advertisement Ad

Advertisement Ad

पाँचथरका एक व्यक्ति इलाममा श्रीमतीको हत्या गरी फरार

२३ साउन २०८०, पाँचथर । इलामको सुर्योदय नगरपालिका–२ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका एक व्यक्ति श्रीमतीको हत्या गरी फरार भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४, जोरसाल घर भई इलामको सुर्योदय नगरपालिका–२, सपयत्री टोलस्थित डोमा शेर्पाको घरमा डेरा गरी बस्ने ५० बर्षीय पूर्ण बहादुर तामाङ श्रीमतीको हत्या गरी फरार रहेका हुन् ।

उनले सोमबार राती आफ्नी कान्छी श्रीमती ४५ बर्षीया डम्बरकुमारी तामाङको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुले बताए ।

उनीहरुबीच घटना हुनु अगाडि सामान्य झगडा भएको र झगडापछि राती पूर्ण बहादुरले डम्बर कुमारीको घुच्चुकमा बाम्फोक प्रहर गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक जबेगुले जानकारी दिए ।

घटनापछि पूर्ण बहादुर फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।