Advertisement Ad

फालेलुङ सेवा समाज द्वारा आर्थिक सहयोग

Advertisement Ad

७ भदौ २०८०, पाँचथर । फालेलुङ सेवा समाजले ब्रेन ट्युमर रोगको उपचारको क्रममा मृत्यु भएकी फालेलुङ–४, फोक्टेकी ११ बर्षीया बालिका एरिका गुरुङको परिवारलाई सहयोग उपलब्ध गराएको छ ।

एरिकाको उपचारका लागि समाजले सञ्चालन गरेको सहयोग अभियनमा संकलित २० हजार ९१२ रुपैंयाँ रकम उपचारकै क्रममा उनको मृत्यु भएपछि उनको परिवारलाई उपलब्ध गराएको समाजका अध्यक्ष सुवाश राई समीपले जानकारी दिए ।

उक्त रकम समाजका सचिव सन्तोष जबेगु र कोषाध्यक्ष माया याक्थुङमा लिम्बूले फालेलुङ–४, का वडा अध्यक्ष सन्तबीर राई र निवर्तमान वडा अध्यक्ष बुद्धिमान साउदेनको उपस्थितिमा घरैमा पुगेर परिवारलाई हस्तान्तरण गरेका थिए ।

देश–विदेशमा रहेका फालेलुङका युवाहरुले स्थापना गरेको फालेलुङ सेवा समाजले गाउँपालिकामा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको छ । समाजले कोभिड महामारीको समयमा पनि पालिकालाई स्वास्थ्य सामग्री स्थास्थ्य सामग्री सहयोग गरेको थियो ।