Advertisement Ad

फिदिम–६, मा माओवादी केन्द्रको रुपान्तरण अभियान पात्लेभञ्ज्याङबाट उद्घाटन

Advertisement Ad

१७ भदौ, २०८०, पाँचथर । ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराकासाथ शनिबारदेखि देशैभरी सुरु भएको नेकपा (माओवादी केन्द्र) को ३ महिने बिशेष रुपान्तरण अभियान फिदिम -६, मा पात्लेभञ्ज्याङबाट सुभारम्भ गरिएको छ ।

शनिबार  एक कार्यक्रमको आयोजना गरि नेकपा (माओवादी केन्द्र)  जिल्ला समन्वय समिति संयोजक विशाल रसाइली, फिदिम नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य राधाकृष्ण न्यौपाने, फिदिम नगर कमिटी सचीव तेजु तामाङ ‘ज्वाला’, फिदिम-६ का जननिर्वाचित वडाअध्यक्ष तथा नगर कमिटी कोषाध्यक्ष विपन तुम्रोक, वाइसीएल पाँचथर अध्यक्ष गणेश तुम्रोक, अनेरास्ववियू (क्रान्तिकारी) पाँचथर अध्यक्ष सन्दिप तुम्रोक, फिदिम नगर कार्यपालिका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का फिदिम नगर कमिटी सदस्य कामना राई लगायत स्थानीयको बृहत उपस्तिथिमा अभियानको उद्घाटन गरिएको हो। कार्यक्रममा विभिन्न साँस्कृतिक नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला संयोजक रसाइलीले अभियानमा जनताको घरघरमै पुगेर सरकारले गरेको सकारात्मक कामको जानकारी गराउने र जनताको समस्याहरुको पहिचान गरि त्यसको सम्बोधन गरि समाधानको प्रयास गर्ने बताए । त्यस्तै जनस्तरबाट नै पार्टीलाई सुदृढीकरण गर्दै क्रियाशील बनाइ वडा सम्मेलन सम्म पुर्याउने बताए । त्यसैगरी बिशेष अतिथि फिदिम नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य न्यौपानेले सरकारले गरिरहेको कामबाट जनता सन्तुष्ट भइ पार्टीमा जनताको आकर्षण बढेको बताए । पार्टीलाई अझ क्रियाशील बनाउन निरन्तर जनताको सेवामा लाग्न आवश्यक रहेको र सरकारले गरेका सकारात्मक काममा जनताले सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै फिदिम नगर कमिटीका सचीव तामाङले अभियानले पार्टी र जनताको दुरिलाइ नजिक बनाउने बताए । त्यस्तै फिदिम नगरपालिका-६ का निर्वाचित वडाअध्यक्ष तुम्रोकले वडाको बिकासका निम्ति आफुले नवीन योजनाहरु अघि सारेको बताए। सधैं जनताको समस्या समाधानका लागि तत्पर रहेको बताउदै वडबासीले आफ्नो समस्या र गुनासो सहितको सुझाव दिन सुझए । त्यस्तै वाइसीएल पाँचथरका अध्यक्ष तुम्रोकले पाँचथरका सबै वडामा संगठन बिस्तार गरि क्रियाशील बनाउने बताए । यस्तै अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरका अध्यक्ष तुम्रोकले निरन्तर विद्यार्थीहरुको हकहितका लागि आफू लागिपर्ने बताए ।

कार्यक्रम नेकपा (माओवादी केन्द्र) फिदिम नगरपालिका-६ नम्बर वडा कमिटी अध्यक्ष राजकुमार राई ‘पायल’ को अध्यक्षतामा सम्पन्न भएको थियो ।