Advertisement Ad

Advertisement Ad

लिम्बु विद्यार्थी मञ्च, पान्थरद्वारा दुई विद्यार्थी सम्मानित

१६ भदौ, २०८० पाँचथर । लिम्बु विद्यार्थी मञ्च, जिल्ला कार्य समिति पान्थरले शनिबार दुई विद्यार्थीलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०७९ को एस.ई.ई. परिक्षामा लिम्बु समुदायबाट सामुदायिक विद्यालयमा अध्ययन गरि उत्कृष्ट जिपिए ल्याएका एक छात्र र एक छात्रालाई सम्मान गरेको हो । सम्मानित हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका स्थित फिदिम मा.वि मा अध्ययन गरि ३.६० जिपिए ल्याएका निशान केरुङ र मिक्लाजुङ गाउँपालिका ३ स्थित आरुबोटे मा.वि मा अध्ययन गरि ३.४५ जिपिए ल्याएकी आकृती फियाक रहेका छन । केरुङ र फियाकलाई सम्मान पत्र प्रदान गरि सम्मानित गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लिम्बु विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष राम लिङ्दम, बिशेष अतिथिका रुपमा कियाचु फेदेन नगर कमिटी सचिव कमलराज हाङ्सरुम्बा, लिम्बु विद्यार्थी मञ्च, पान्थरका संस्थापक अध्यक्ष मित्र लिङ्देन, अतिथिका रूपमा याक्थुङ युवा मञ्चका केन्द्रिय सदस्य मचिन्द्र लोवा लगायतको उपस्थिति रहेको थियो  ।
कार्यक्रम लिम्बु विद्यार्थी मञ्च जिल्ला कार्य समिति पान्थरका अध्यक्ष दिपक नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो।