Advertisement Ad

पाँचथरका नोगेन ‘द भोइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा छनौट

Advertisement Ad

२० असोज, २०८० काठमाडौ । हिमालयन एच् डी टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ सिजन ५ को ब्लाइन्ड अडिसनमा पाँचथरका नोगेन हाङसरूम्बा छनौट भएका छन् ।

शुक्रवार प्रसारित शोमा नोगेनले ‘एसो हेरे पुर्वतिर’ भन्ने बोलको गित प्रस्तुत गरेका थिए ।  नोगेनको प्रस्तुतिमा कोच प्रमोदले बज गर्दै आफ्नो समुहमा प्रवेश गराएका थिए । सानैदेखि गाउनमा रुचि राख्ने नोगेनको सामाजिक संजालमा राम्रो क्रेज रहेको छ ।
उनले हालसम्म दुई दर्जनभन्दा बढी गितहरुमा आवाज दिइसकेका छन् ।

पछिल्लो समय सबैभन्दा बढि दर्शनको रोजाईमा रहेको रियालिटी शो ‘द भोइस अफ नेपाल’ प्रत्येक हप्ताको शुक्रबार र शनिबार राती ८ बजे हिमालयन एच् डि र ८ तीसमा ‘द भोइस अफ नेपाल’ को अफिसियल युटुव च्यानल मार्फत हेर्न सकिन्छ ।