Advertisement Ad

फिदिममा चलचित्र ‘रीत’ को विशेष प्रशर्दन

Advertisement Ad

१९ असोज २०८०, पाँचथर। लिम्बू कथानक चलचित्र ‘रीत’ को शुक्रबार फिदिममा विशेष प्रदर्शनी भएको छ।

फिदिमस्थित छाब्दी बराही चलचित्र मन्दिरमा ‘रीत’ को विशेष प्रदर्शनी भएको हो। याक्थुङ युवा मञ्च पाँचथर र याक्थुङ फिल्मस्को संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा निर्माता नेपाली सेनाका पुर्व जर्णेल होमकुमार लावती, निर्माता आशा नेम्बाङ, कलाकारहरु लक्ष्मी योङ्हाङ, बिमला खजुम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, नितुरानी नेम्बाङ र रत्ना लिङ्देन लावतीलाई सम्मान समेत गरिएको थियो।

ताप्लेजुङ, पाँचथर, काठमाडौ लगायत विभिन्न ठाउँमा छायाङ्कन गरिएको ‘रीत’लाई सागर केरुङ्ल लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन्। चलचित्रमा बिमला खजुम, लक्ष्मी योङ्हाङ, यासेली योङ्हाङ, सागर केरुङ, दिनेश माङ्मु, तान्छो इङ्नाम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, प्रभु कुरुम्बाङ, सोनु थोक्लिहाङ, भिम थेबे, तेज मेन्याङ्बो, राजु घिमिरे, रत्ना लिङ्देन लावती, एन्जिला नेम्बाङ लगायतले अभिनय गरेका छन्।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित ‘रीत’ लाई होमकुमार लावती, आशा नेम्बाङ र विष्णु इङ्नामले निर्माण गरेका हुन्।