Advertisement Ad

नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित

Advertisement Ad

६ कार्तिक २०८०, पाँचथर। नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित भएकी छिन्। अधिवक्ता एवंम् किरात याक्थुङ चुम्लुङका संघीय सदस्य समेत रहेकी प्रबिनलाई किरात याक्थुङ चुम्लुङ युएई र ताप्लेजुङ सेवा समाज युएईले आइतबार संयुक्त रुपमा सम्मान गरेका हुन्।

दुबईस्थित घान्तुत रेष्टुरेन्टमा आयोजिक कार्यक्रममा पन्दाकलाई किरात याक्थुङ चुम्लुङ युएईका कार्यवाहक अध्यक्ष पोबो थेबे, कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष बिक्रम पन्धाक, चुम्लुङ युएईका सल्लाहकार डम्बर लिवाङ र ताप्लेजुङ् सेवा समाज युएईका महासचिव साथै चुम्लुङ युएईका सचिव बुद्ध लिङ्देनले सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए।

सिने क्षेत्र मार्फत् मौलिकताको प्रबद्र्धनमा सहयोग पुर्याउनुकासाथै सिमान्तकृत समुदायको अधिकार, अस्तित्व र पहिचानका लागि निरन्तर लडिरहे बापत प्रबनिलाई सम्मान गरिएको बताइएको छ। सम्मान ग्रहण गर्दै प्रबिनले कलाकारितासँगै पहिचान र अस्तित्व रक्षा साथै सिमान्तकृतहरुको अधिकारका लागि आफूलाई सधैं समर्पित गर्ने प्रतिबद्धता जनाइन्। उनले आफूलाई सम्मान गर्ने दुबै संस्थालाई धन्यवाद दिइन्।

किरात याक्थुङ चुम्लुङ युएईका कार्यवाहक अध्यक्ष पोबो थेबेको अध्यक्षतामा सम्पन्न भएको चुम्लुङ युएईका प्रवक्ता भूमी इधिङ्गो लिम्बूले जानकारी दिए।