Advertisement Ad

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फिदिम–६

Advertisement Ad

३ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडा कार्यालयले विगत बर्षदेखि नै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।

वडा कार्यालयको उक्त कार्यबाट विशेषगरी अशक्त, अपाङ्गता भएका र असहाय लाभग्राही लाभान्वित भएका छन्। वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुँदा सदरमुकाम फिदिमसम्म पुग्नुपर्ने समय र खर्च समेत बचत भएको लाभग्राहीले बताएका छन्।

हालै मात्र वडा कार्यालयबाट २४९ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष बिपन तुम्रोकले बताए। हिमालयन बैंक फिदिम शाखासँगको सहकार्यमा हरेक त्रैमासिकमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उनले बताए।

भौगोलिक बिकटता र जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका लाभग्राहीहरुको सुबिधाका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ। यसबाट लाभग्राही समेत खुसी भएका छन्।