Advertisement Ad

संगीत त्रिवेणी सिजन दुईका बिजेता मिङ्सोको ‘रातले खोज्ने’ सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

२ कार्तिक २०८०, पाँचथर। गायन प्रतिश्पर्धा संगीत त्रिवेणी सिजन दुईको बिजेता मिङ्सो केरुङ लिम्बूको पहिलो सांगीतिक कोशेली ‘रातले खोज्ने’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मिङ्सो न्यू बरदान संगीतालयले आयोजना गरेको गायन प्रतियोगिता संगीत त्रिवेणी सिजन दुईका बिजेता हुन्। बरदान प्रोडक्सन युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतको शब्द, संगीत र एरेन्ज बुद्धराज लिम्बू इङ्वाको रहेको छ । भिडियोको निर्देशन पनि बुद्धराज आफैंले गरेका छन्।

निशान लुईंटेलको छायाङ्कन, बरदान लिम्बू इङ्वाको सप्पादन रहेको भिडियोमा एलिना नेम्बाङ र मित्र लिङदेनले मोडलिङ गरेका छन्। संगीत त्रिवेणी सिजन दुईको बिजेता भए बापत सम्झौता अनुसार न्यू बरदान संगीतालयले गीत तथा भिडियो निर्माण गरिदिएको निर्देशक बुद्धराज लिम्बू इङ्वाले बताए।

भिडियो हेर्नुहोसः