Advertisement Ad

युएईमा किरात याक्थुङ चुम्लुङको आयोजनामा ताम्भुङ्चा

Advertisement Ad

युएई। किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न भएको छ।

युएईस्थित जाबेल पार्कमा आयोजित ताम्भुङ्चा कार्यक्रममा मौलिक भेषभूषा सहित उपस्थित भएका याक्थुङ (लिम्बू) तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुले हर्षोल्लासपूर्वक ताम्भुङ्चा खाएका हुन्। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै मनोरञ्जनात्मक खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको थियो।

कार्यक्रममा कियाचु युएईलाई सहयोग गर्ने संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारी, कियाचु युएईलाई एउटा च्याब्रुङ प्रदान गर्ने सबिता नाल्बो, कियाचु युएईका सल्लाहकार डम्बर लिवाङ लिम्बुलाई सम्मान गरिएको थियो।

सोहि अवसरमा किरात याक्थुङ चुम्लुङको आजीवन सदस्यता पनि वितरण गरिएको थियो। ताम्भुङ्चा कार्यक्रममा उपस्थितले वलिहाङ् तङ्नामको अवशरमा खेलिने लाःरिङ्गे नाम्लिङ्गे पनि खेलेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष साथै कियाचु युएईका सल्लाहकार बिक्रम पन्धाकको प्रमुख आतिथ्यता तथा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान युएईका अध्यक्ष शिवरात्री नाल्बो, युमा साम्यो महासभा युएईका उपाध्यक्ष गोबिन्द कुमार लिम्बु, ताप्लेजुङ समाज सेवा युएईका उपाध्यक्ष निर्मला कार्की, थुपुको थेबे लिम्बु समाज युएईका मिलन थेबे लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो।