Advertisement Ad

Advertisement Ad

भृकुटी आधारभुत विद्यालयद्वारा देउसी नाचबाट ७ लाख संकलन, शैक्षिक सुधारमा लगानी गरिने

१० मंसिर, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ स्थित श्री भृकुटी आधारभुत विद्यालयले देउसी नाचबाट ७ लाख रुपैयाँ संकलन गरेको छ ।

स्थानीय लिम्बू भाषा र अङग्रेजी माध्यममा पठनपाठन गर्न विद्यालयले अक्षय कोष स्थापना गर्ने उदेश्यले देउसी नाचको आयोजना गरिएको हो । अघिल्लो शैक्षिक शत्रदेखी नै स्थानीय भाषा र अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको भएपनी थप शैक्षिक सुधार गर्न देउसी नाचको आयोजना गरि ७ लाख रुपैयाँ संकलन गर्न सफल भएको विद्यालयको आर्थिक संयोजक डम्बर केरुङले बताए । राज्यको मात्रै हात नहेरी शिक्षा क्षेत्रमा सुधारका निम्ति सो क्षेत्रका अविभावक र समाजसेबी लागि परेका हुन ।
देउसी नाच कार्यक्रममा स्थानीय समाजसेवी चन्द्र माङ्मु, श्री सिंह शिद्व मा.वीका प्रधानाध्यापक राजेन्द्र केरुङ, स्थानीय समाजसेवी घनेन्द्र केरुङ, भृकुटी आधारभूत विद्यालयका वि.व्य.सं. अध्यक्ष बिकास केरुङ, प्रधानाध्यापक शरण कुमार केरुङ, शिक्षक लेखनाथ रिमाल, शिक्षक चन्द्र अधिकारी, पुर्व विद्यार्थी मंचका सचीव चन्द्र खत्री, शि.अ.सं. अध्यक्ष नर बहादुर ताम्लिङ लगायतको सहभागिता रहेको थियो

देउसी नाचको समापन कार्यक्रममा फालेलुङ गाउँपालिकाको उपाध्यक्ष महेन्द्रहाङ जबेगु, फालेलुङ -८ को वडाध्यक्ष श्रीहाङ केरुङ, फालेलुङ गाउपालिका शिक्षा शाखा प्रमुख कृष्ण रिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयले जनप्रतिनिधि र पुर्व वि.व्य.सं अध्यक्ष हरुलाई सम्मान गरेको थियो।