Advertisement Ad

फालेलुङ्को थाप्लिटार सिर्लिङगेमा ‘फालेलुङ पर्यटन महोत्सव’ को तयारी, २५ गतेदेखि सुरु

Advertisement Ad

१० मङ्सिर, २०८० पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका स्थित थाप्लिटार सिर्लिङगेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव’ को तयारी गरिएको छ ।

आइतबार फिदिम स्थित नेपाल पत्रकार महासङ्को कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । थाप्लिटार सिर्लिङगे, तिनसिमाना क्षेत्रमा भएका पर्यापर्यटनका सम्भावना बोकेका स्थान वस्तुहरुलाई प्रचारप्रसार र बजारीकरण गर्नका निम्ति महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र सावादेनले बताए ।

मङ्सिर २५ गते सुरु भइ २७ गते सम्म लाग्ने महोत्सवमा प्रत्येक दिन फरक फरक कार्यक्रमहरुको आयोजना गरिएको छ । महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत २५ गते मेरो भोइस युनिभर्सको टप ७ मा पुग्न सफल गायिका मुना थटाल र २७ गते लोकप्रिय गायिका सुनिता थेगिमको साङ्गितिक प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
‘प्राकृतिक तथा जैविक वस्तुको प्रचारसँगै आर्थिक उपार्जन बढाऔँ, फालेलुङको पर्यटन क्षेत्रलाई नेपालको समृद्धिसँग जोडौँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवले फालेलुङ गाउँपालिकाको पर्यटन प्रबर्द्धनसँगै स्थानिय वस्तुहरुको प्रचार तथा बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्ने फालेलुङ गाउँपालिकाको उपाध्यक्ष महेन्द्र जबेगु ‘फुङ्निमा’ ले बताए । फालेलुङ पर्यटन महोत्सवलाई आगामी वर्षमा पनि ब्यवस्थित गर्दै निरन्तरता दिइने फालेलुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बर आङ्देम्बेले बताए । स्थानीय चौरीबाट उत्पादित बस्तु, कृषिजन्य वस्तु र जडिबुटिहरुको स्टल रहने महोत्सव सम्पन्न हुन ८ लाख खर्च हुने आयोजकको अनुमान छ, जसमा फालेलुङ गाउँपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ ।

फालेलुङ गाउँपालिका प्रबर्द्धक र तीन सिमाना जनसेवा समाज नेपाल मेमेङ्को आयोजना रहेको महोत्सवम भारत र नेपालका गरि ५ हजार भन्दा धेरै पर्यटक भित्रीने अनुमान गरिएको छ ।