Advertisement Ad

Advertisement Ad

तीन प्रदेश मन्त्रीले जिम्मेवारी पाए

१७ मंसिर २०८०, पाँचथर। मूख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद गठन भएको ५० दिनपछि तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाड गरेका छन्।

नेपाली कांग्रेबाट मन्त्री बनेका शमसेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका कमल जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन्।

मूख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।