Advertisement Ad

तिजोक युवा क्लव पाँचथर आत्मानन्द गोल्डकपको च्याम्पियन

Advertisement Ad

१८ मंसिर २०८०, पाँचथर। तिजोक युवा क्लव पाँचथरले इलामको माङसेबुङमा भएको १६ औं अन्तराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधी उचालेको छ।

माङसेबुङ–५, स्थित आत्मानन्द रङ्गशालामा आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा स्तब्ध बनाउदै तिजोक पाँचथरले उपाधी चुमेको हो। खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पनि ५–५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिनु परेको थियो। सडन थेडमा माङसेबुङ चुक्दा नतिजा तिजोकलाई सुम्पिनुपर्यो।

च्याम्पियन बनेसँगै जितोक युवा क्लव फाल्गुनन्द–१ नवमीडाँडा पाँचथरले नगद ३ लाख ११ हजार १११ रुपैंयाँ प्राप्त गर्यो। उपविजेतामा सिमित हुन पुगेको माङसेबुङ इलामले नगद २ लाख ५ हजार १११ रुपैंयाँमा चित्त बुझायो। प्रतियोगिताको बेष्ट डिफेन्डर जिजोकका रोशन आङदेम्बे, बेष्ट गोलकिपर रोशन नेपाल, हाई स्कोरर निर्देश राई बने। त्यस्तै सर्वोकृष्ट खेलाडी माङसेबुङका रबिन मगर र राइजिङ प्लेयर चन्द्रहाङ लिम्बू बने। उनीहरुले जनही पाँच हजार रुपैंयाँ पुरस्कार पाए।

विजयी खेलाडीहरुलाई संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बूले पुरस्कार वितरण गरेका थिए। किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मयन्तीको अवशरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी ८ टिमको सहभागिता रहेको आयोजक आत्मापवित्र हक्चाःत् यक्चुमले जनाएको छ।