Advertisement Ad

Advertisement Ad

किरात गोल्डकपः डिएफसी मोरङको शानदार जीत

१८ मंसिर २०८०, पाँचथर। फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमापाहुना टोली दार्जिलिङलाई गोलअन्तरले पाखा लगाउदै मोरङको डाँगिहाट फुटवल क्लवले सेमीफाइन यात्रा तय गरेको

फिदिम खेदमैदानमा भएको खेलमा मोरङलाई जीत दिलाउन अभिषेक लिम्बू सुजन धिमालले त्यस्तै उमेश राई अरुण लिम्बूले गोल गरे दार्जिलिङ युनाईटेडका तर्फबाट रोहित थापा, आशिष राई गणेश लिम्बूले गोल फर्काएका थिए खेलको म्यान अफ्दि म्याज मोरङका अभिषेक लिम्बू बने उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे

पहिलो हाफमा लय गुमाएको दार्जिलिङले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गर्दै तीन गोल गरे पनि जीनका लागि पर्याप्त भएन प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेल मंगलबार हुनेछ दिउँसो २ः३० बजेदेखि हुने खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृतिक्लवले डिविजन हिमालयन शेर्पा क्लवको सामना गर्नेछ

प्रतियोगिताको विजेता टोलीले नगद लाख हजार ४४४ रुपैंयाँ उपविजेता टोलीले नगद लाख हजार २२२ रुपैंयाँ प्राप्त गर्नेछन् प्रतियोगिताको फाइन खेल मंसिर २३ गते हुने आयोजक पाँचथर फुटवल क्लवका सचिव राजु राईले जानकारी दिए