Advertisement Ad

किरात गोल्कडपः ताप्लेजुङले ‘ए’ डिविजन क्लव हिमालयन शेर्पाको सामना गर्दै

Advertisement Ad

१९ मंसिर २०८०, पाँचथर। प्रथम संस्करणको वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप १६ मंसिरदेखि सदरमुकाम फिदिममा जारी छ।

आज (मंगलबार) प्रतियोगिताको अन्तिम क्वाटरफाइन खेल हुँदैछ। अन्तिम क्वाटरफाइनलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवले ‘ए’ डिविजन हिमालयन शेर्पा क्लव काठमाण्डौको सामना गर्दैछ। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुने खेलमा दुबै टोली जीत निकाल्दै सेमीफाइनल यात्रा तय गर्न चाहन्छन्।

एक भारतीय सहित प्रतियोगितामा सहभागि आठ टोलीमध्ये हिमालयन शेर्पा एक्लो ‘ए’ डिविजन क्लव हो। त्यसैले क्लवको साख जोगाउन पनि हिमालय शेर्पा प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सुखद सुरुवात गर्दै सेमीफाइनलमा प्रवेश गर्न चाहन्छ। यता फिदिमे मैदानका लागि परिचित टोली कर्णसिं सोनाम ताप्लेजुङ पनि विपक्षिलाई रोक्ने दाउमा हुनेछ।

त्यसैले आज हुने अन्तिम क्वाटरफाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। आजको खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पूरा हुनेछ। आजको विजयी टोलीले प्रतियोगिताको फाइन प्रवेशका लागि मंसिर २१ गते झापाको बिर्तामोड युनाईटेड क्लवसँग खेल्नेछ। बिर्तामोड यसअघि नै रेडहर्ष इलामलाई पराजीत गर्दै सेमीफाइनल प्रवेश गरिसकेको टोली हो।

प्रतियोगिताको पहिलो सेमीफाइन खेल भने बुधबार हुनेछ। बुधबार फाइनल प्रवेशका लागि आयोजक पाँचथर फुटवल क्लव र डाँडिहाट फुटवल क्लव मोरङले खेल्नेछन्।