Advertisement Ad

Advertisement Ad

फालेलुङमा संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन

१९ मंसिर २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ।

त्यहाँ सम्पन्न पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको हो। त्यस्तै दिपक आङथुपोको संयोजकत्वमा २१ सदस्यीय पहिचानका लागि युवा दस्ता गठन भएको हो।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचान र सभ्यताको आधारमा पुनः नामाङ्कन गरिनुपर्ने माग सहित भइहरहेको आन्दोलनलाई गाउँ–गाउँ बाट समेत सशक्त बनाउन संघर्ष समिति र युवा दस्ता गठन गरिएको बताइएको छ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति फालेलुङ पाँचथरका इन्चार्ज नुनाम लिम्बू केरुङको उपस्थितिमा छलफल, अन्तरक्रियासँगै संघर्ष समिति र युवा दस्ता गठन गरिएको युवा दस्ताका संयोजक आङथुपोले बताए।