Advertisement Ad

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

Advertisement Ad

४ वैशाख २९८१, पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ।

याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए।

सो अवशरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलिङ माबो द्वारा लिखित याक्थुङ (लिम्बू) भाषाको कविता कृति सेप्माङ्लक् को चर्चा गरिएको थियो। पुस्तकमाथि प्रमुख अतिथि जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङबोले समिक्षात्मक टिप्पणी राखेका थिए।
सो अवशरमा लेखक द्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबोलाई याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालयले सम्मान गरेको थियो। लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पु¥याएकोमा लेखक द्वयलाई सम्मान गरिएको वडा अध्यक्ष बिमल राईले बताए।

कार्यक्रममा आयोजित कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओडारी त्रितीय भएका थिए। उनीहरुलाई नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो।