Advertisement Ad

देशको माटो र बिरुवा दिएर कोरिया जाने युवालाई बिदाई गरियो

Advertisement Ad

५ वैशाख २०८१, काठमाडौँ। इपिएस प्रणाली अन्तरगत रोजगारीका लागि कोरिया भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप बिरुवा सहितको माटो प्रदान गरिएको छ ।

ललितपुरलस्थित लगनखेलमा बिगत लामो समयबाट सञ्चालित स्लास एडुकेशन फाउण्डेशन प्रा.लि.ले भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीहरुलाई हालै लतिलपुर स्काउटको प्राङगणमा आयोजित एक समारोकाबीच देशको माटो र पर्यावरणको संरक्षणका लागि भन्दै आफ्ना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप बिरुवा सहितको माटो प्रदान प्रदान गरेको हो ।

मुलुकको व्याप्त बेरोजगरी समस्या, आमयुवाहरुमा बिदेश मोहलाई लक्षित गर्दे माटो तथा जलवायु परिवर्तन र प्रदुषणलाई मध्यनजर गर्दै बिरुवा प्रदान गरिएको जानकारी आफ्नो मन्तब्यका क्रममा संस्थाका संचालक निशेष आङदेम्बेले गराएका थिए । देशमा रोजगारी सृजना गर्ने उदेश्य स्वरुप सि.टी.ई.भि.टी. अन्तरगत बिभिन्न ब्यावसायिक सिपमुलक तालिमहरु संचालन गर्ने गर्दै आए तापनि हालः तालिमभन्दा धेरै आफ्नो संस्थामा भाषा सिक्न तथा बैदेशिक शिक्षा परामर्श लिन आउने भएकाले हरेक बर्ष सयौंको संख्यामा कोरियन भाषा परिक्षा पास गर्ने आफ्ना विद्यार्थीहरुलाई यसरी माटो र बिरुवा मायाको चिनो दिने गरेको उनले बताए ।

इपिएस अन्तरगत रोजगारीमा बर्षेनी धेरै संख्यामा नेपाली युवाहरु दक्षिण कोरिया जाने गर्दछन् । यस बर्षको लागिश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत वैदेशिक राजगार विभागले पन्द्र हजार आठ सय दुई जनाको कोटामा आबेदन खुलाएको थियो । साथै विश्वभर वायु प्रदूषणको निगरानी गर्ने स्विट्जरल्यान्डको आईक्यूएअरको सूचीमा गत बुधवार केही समय नेपालको राजधानी काठमाण्डू विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो ।