Advertisement Ad

Advertisement Ad

नेपाली वैज्ञानिक टंक सेलिङसहितको टोलीले पत्ता लगाए वातावरणमैत्री पदार्थ

भदौ २०८१, काठमाडौं। अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एकटोलीलेबिस्मुथ अक्सी सल्फाइडनानोसिड पदार्थको फोटोक्याटालाइसिसउपयोगिताबारे नयाँ तथ्य पत्ता लगाएका छन्।

नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक डा. फिन् यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग अस्पतालबाट पानीमा मिसिने विषाक्त रसायनहरूकङ्गो रेडरोज बेङ्गललाईडिग्रेडगरी पानीको स्वच्छतालाई कायम राख्न सकिने देखाएको छ।

बिस्मुथ अक्सी सल्फाइडआफैँमा नयाँ पदार्थ हो। यसकोफोटोक्याटालाइसिसप्रविधिको उपयोगिता पहिलोपटक गरिएको अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक टंक सेलिङको दाबी छ।

उनका अनुसार घामको प्रकाशको उपस्थितिमा रसायनिक प्रतिक्रिया मार्फत् गरिने यो प्रविधि एकदमै वातावरणमैत्री छ। सेलिङले भने, ‘फोटोक्याटालाइसिस वातावरणमैत्री भएकालेबिस्मुथ अक्सी सल्फाइडको व्यावसायिक उत्पादन प्रयोग गरी वातावरण सन्तुलनमा अतुलनीय सफलता प्राप्त गर्न सकिने सम्भावना छ।

अनुसन्धानबाट कम मूल्य सहज प्रविधि प्रयोग गरीबिस्मुथ अक्सी सल्फाइडको उत्पादन उपोगिताबारे सफलता हासिल भएकाले वैज्ञानिकहरू थप उत्साहित भएका छन्।