Advertisement Ad

विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘चे’ले उत्कृष्ट कथा अवार्ड प्रदान

Advertisement Ad

कात्तिक २९, काठमाडौ ।
लिम्बु कथानक चलचित्र “चे”ले बेस्ट स्टोरी अवार्ड प्राप्त गरेको छ । बिहिवार काठमाडौ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एफ एल एफ अवार्ड कार्यक्रममार्फत चलचित्र चे लाई प्रदान गरिएको छ । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्डमा लिम्बू चलचित्र र गीतहरुलाइ अवार्ड प्रदान गरिएको थियो ।
फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा आयोजित अवार्डको छैटौं संस्करण सम्पन्न भएको छ । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने युवराज राइको छायांकन, पर्शु थलङ लिम्बुको सम्पादन रहेको छ भने नोगेन लिम्बू, इन्दु फोम्बो, मोनि ताम्लिङ, राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङ्को गीत र बुद्ध लिम्बुको संगीत रहेको छ । आगामी असोज १५ गते सिटि सेन्टर कमल पोखरीमा प्रदर्शन तय भएको चे मा सागर केरुङ, विमला खजुम, यासेली योङहाङ, निसाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तीर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ, अजित योड्या, प्रेमहाङ केरुङ, उदय बेघा, अमृता जवेगू, जोलिना केरुङ, तीर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लाओती, सोदु योङहाङ, विक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :