२७ कार्तिक २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम–६ सिवाले वडास्थित बाढीपहिरो पीडित र क्षतिग्रष्ट एक विद्यालयलाई राहत तथा सहयोग वितरण गरेको छ।
गत बर्षातमा आएको बाढीपहिरोबाट पूर्ण रुपमा घर क्षति भएका ३ घर र आंशिक्ष क्षति भएका ७ घर गरी १० घरपरिवारलाई राहत वितरण गरिएको नेकपा (माओवादी केन्द्र) फिदिम–६ का अध्यक्ष लोकेन्द्र लामिछाने मगरले बताए। दिपावलीको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट बाढीपहिरो पीडितलाई राहत दिइएको उनले बताए।
संकलित रकमबाट फिदिम–६ मगरगाउँस्थित काफलबोटे आधारभूत विद्यालयलाई २० हजार रुपैंयाँ बराबरको कुर्सी, म्याट, फिल्टर, डस्टबिन साथै विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई वर्णमाला प्रदान गरिएको (माओवादी केन्द्र) फिदिम–६ का सचिव नरेश तुम्रोकले बताए।
रातह वितरण कार्यक्रममा प्रमुख अतिथि, फिदिम–६ का वडा अध्यक्ष बिपन तुम्रोक, फिदिम नगरकार्यपालिका सदस्य कामना राई, सिवा युथ क्लवका अध्यक्ष सन्दिप तुम्रोक, स्थानीय नेता कृष्ण बहादुर राई, मिलन राई लगायतले बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोमा धन्यवाद दिएका थिए।
वडा अध्यक्ष तुम्रोकले माथिल्लो तहका सरकारसँग समन्वय गरी पहिरोले भवन भत्किएको काफलबोटे आविको भवन पुनर्निर्माणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा देउसीभैलो कार्यक्रममा सहयोग गर्ने फिदिम–६ का वडा सदस्य तेजहाङ तुम्रोक साथै गणेश तुम्रोक, राजकुमार राई पायल, आदर्श आङदेम्बे र आरके बाँस्कोटा लगायतलाई धन्यवाद दिइएको नेकपा (माओवादी केन्द्र) फिदिम–६ का उपाध्यक्ष कञ्चन तुम्रोकले बताए।
