Advertisement Ad

पाँचथरमा घोडा लिएर खेतमा गएका एक व्यक्तिको मृत्यु

Advertisement Ad

२४ भदौ २०८१, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिका–१ मा घोडा लिएर खेततिर गएका एक व्यक्तिको मृत्यु भएको छ।

कुम्मायक–१ का ४५ बर्षीय मोहन थापा शनिबार बिहान ७ बजे घोडा लिएर खेतमा गएका थिए। सोहि दिन दिउँसो साँढे तिन बजेतिर घोडा मात्र घर फर्केपछि उनको खोजी गर्ने क्रममा घरभन्दा करीब छ सय मिटर टाढाको नुनथला खर्सरी छेउमा अचेत अवस्थामा भेटिएका थिए।

उनलाई उद्धार गरी घरमा ल्याउँदा उनको मृत्यु भइसकेको पाइएपछि प्रहरीलाई खबर गरिएको थियो। मृतक मोहन शवको जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्डम गरी आइतबार दाहसंस्कारका लागि परिवारलाई जिम्मा दिईएको प्रहरी निरीक्षक रुपेश तामाङले बताए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तमाङले जानकारी दिए।