Advertisement Ad

तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १६ मा हुँदै

Advertisement Ad

अर्जुन तुम्बापो

२६ भदौ २०८१, दक्षिण कोरिया। तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको चौंथो अधिवेशन यहीँ सेप्टेम्बर १६ तारिख सोमबारका दिन हुने भएको छ।

अधिवेशनको तयारी तिव्र पारिएको बताइएको छ। ‘शिक्षा, चेतना र प्रगतिको अभियान, वंश प्रेम र एकता तुम्बापोको पहिचान’ भन्ने मूल नाराका साथ २०१७ जनवरी २९ तारिखका दिन दक्षिण कोरियाको आन्सान शहरमा गजेन्द्र तुम्बापोको अध्यक्षतामा दक्षिण कोरियामा पहिलोपल्ट संघ गठन भएको थियो।

संघले दक्षिण कोरियामा कार्यरत तुम्बापो बन्धुहरुलाई आकस्मिक रुपमा हुने भवितव्य घटना, अन्य आइपर्ने समस्याहरुमा आपसी सरसहयोग सँगै तुम्बापो बन्धुहरुको एकताका लागि काम गर्दै आएको छ। दक्षिण कोरियाको महान चाड छुसकको पावन अवसरमा सेप्टेम्बर १६ तारिख सोमबारका दिन दक्षिण कोरियाको सुवन शहरस्थित कामना रेष्टुरेन्टको सभाहलमा अधिवेशन हुनेछ।

अधिवेशनको बारेमा आवस्यक जानकारी चाहिएमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ–
युवेन तुम्बापो 01058591351
मिथुन तुम्बापो 01099748042
सरन कुमार तुम्बापो 01097339607
माङ्सालुङमा तुम्बापो 01065876155
सुरेश तुम्बापो 01097346458