Advertisement Ad

राहतमा जुट्यो फिदिम नगरपालिका

Advertisement Ad

१९ असोज, २०८१ पाँचथर । फिदिम नगरपालिकाले बाढि-पहिरो  पीडित परिवारलाई पहिलो चरणको राहत वितरण सुरु गरेको छ ।

शनिबार फिदिम नगरपालिका ११, १२ र १३ नम्बर वडाका पुर्ण रूपमा क्षतिग्रस्त घर परिवारलाई राहत बितरण गरिएको हो । बाढीबाट ज्यान गुमाएका परिवारलाई पहिलो चरणमा नगद २५ हजार र घरवार गुमाएका परिवारलाई १५ हजारका दरले १९ परिवारलाई राहत बितरण गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए । वडाको सिफारिस अनुसार नगरभित्र ७५ घर पुर्ण रुपमा क्षतिग्रस्त रहेको र ती परिवारलाई पहिलो चरणको राहत बितरणको लागि नगर लागि परेको काफ्लेले बताए ।
बाढीले नगरभित्रका धेरै सडक अबरुद्ध गरेकाले राहत बितरणमा कठिनाई भएपनी नगरले बाढी पीडितलाई नगरबाट  सम्भव हुने सबै किसिमका राहत प्रदान गर्ने फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने बताए ।
शनिबार नै सामाजिक संस्था ‘हाम्रो सहारा’ पाँचथरले फिदिम १२ र १३ नम्बर वडाका २५ घरपरिवारलाई खाद्यान्न, लत्ताकपडा  वितरण गरेको छ । जिल्ला प्रशासन, रेकक्रस र विभिन्न दाताहरूले दिएको सहयोगबाट पिडितहरुलाई राहत बितरण गरिएको ‘हाम्रो सहारा’ पाँचथरका प्रतिनिधि गजेन्द्र राईले बताए ।


राहत बितरणमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, फिदिम १२ का वडाध्यक्ष कमल प्रसाद चापागाईं, फिदिम नगर प्रहरी प्रमुख सुजन पुरि, फिदिम नगरपालिका पञ्जिकरण शाखाका कर्मचारी सुमन बराल, नेपाली काङ्ग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, समाजसेवी गजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।