Advertisement Ad

एसिसी यू१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

Advertisement Ad

२६ मंसिर २०८०, पाँचथर। नेपालले एसिसी यू१९ एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो :नेपालले एसिसी यू१९ एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ ।

नेपालको नेटरनरेट माइनस २.०२४, भारतको ०.४५४ र अफगानिस्तानको ०.२०३ छ । नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन । पाकिस्तानसँग १ सय ५२ र अफगानिस्तानसँग १ सय ८८ रनमा अल आउट भएको थियो । पाकिस्तानसँग उत्तमथापा मगरले सर्वाधिक ५१ र अफगानिस्तानसँग अर्जुन कुमालले ९१ रन बनाएका थिए ।

सिनियर टोलीका प्रमुख दुई खेलाडी देव खनाल र गुलशन झाले राम्रो प्रदर्शन गर्न नसक्दा नेपालले अपेक्षा अनुसार ब्याटिङ गरेको छैन । देव पाकिस्तानसँग शून्य र अफगानिस्तानसँग २४ रनमा आउट भएका थिए । गुलशन पाकिस्तानसँग १ र अफगानिस्तानसँग १७ रन बनाएका थिए ।

यी दुई खेलाडीको प्रदर्शनले टोलीको मनोबल र नतिजामा फरक पर्ने हुँदा जिम्मेवारी प्रदर्शन गर्न आवश्यक छ । विशेषगरि गुलशनले खेलमा जिम्मेवारी लिन आवश्यक देखिन्छ । अर्जुन कुमाल टोलीका सबैभन्दा भरपर्दा ब्याटर हुन् । उनले अफगानिस्तानविरुद्ध साथ पाएका थिएनन् ।

नेपालका ओपनर विपिन रावल आजको खेलमा बेन्चमा बस्ने सम्भावना छ । रावल ७ र शून्यमा आउट भएका थिए । विपिनलाई बेन्चमा राख्दा दीपक डुम्रेलाई खेलाउन सक्छ । ओपनिङमा अर्जुन कुमाल र दीपक बोहरा खेल्न सक्छन् । डुम्रेले भने मध्यक्रममा खेल्ने गर्दछन् । नेपालले टोलीमा अन्य परिवर्तन गर्ने सम्भावना छैन ।

उता भारतलाई पनि यो खेल जित्नै पर्ने दबाब छ । भारतले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । पाकिस्तानसँग ८ विकेटले हारेको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ ।

सन् २०१७ को यू१९ एसिया कपमा कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुको साथै ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि नेपालले भारतलाई १९ रनले हराएको थियो । अन्य कुनैपनि खेलमा नेपालले भारतलाई हराउन सकेको छैन । भारतसँग यू१९ मा नेपालले २०१८ पछि पहिलो पटक खेल्दैछ ।