Advertisement Ad

नेपाल सुपर लिगः आज बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दै

Advertisement Ad

२६ मंसिर २०८०, पाँचथर। नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेपनि त्यसयता राम्रो लय समातेको छ । उसले आफ्नो पछिल्ला तीन मध्ये दुई जितेको छ र सात अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

बुटवलले सिजनको पहिलो खेलमा ललितपुरसँग पूरै हावी हुँदा दोस्रो खेलमा धनगढीविरुद्ध इन्ज्युरी टाइममा हार बेहोरेको थियो । अर्को खेलमा एरिक बिष्टको विशेष गोलले बुटवललाई पहिलो जित दिलायो। बुटवलले एफसी चितवनविरुद्धको खेलमा इन्ज्युरी समयमा बराबरी गर्दै एक अंक हासिल गर्यो ।

बुटवलले पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पहिलो हार चखाएको थियो । कप्तान एरिक विष्ट राम्रो लयमा देखिएका छन् भने फरवार्ड स्टेफन बिनोङले पनि अहिलेसम्म तीन गोल गरिसकेका छन् । फरवार्ड जिलेस्पी जंग कार्की विंगरको भूमिकामा प्रभावशाली देखिएका छन् ।

अर्कोतर्फ झापा एफसी जितबिहिन छ । झापाले हिलो खेलमा हार बेहोरेको थियो भने त्यसपछि लगातार तीन खेल बराबरी खेलेको छ । झापाले गोल गर्न नै संघर्ष गरिरहेको छ भने स्ट्राइकर जोर्गे सान्चेजले खेलमा प्रभाब छैनन् ।

विशेष गरी लकेन लिम्बुले चोटका कारण कुनै खेल नखेल्ने पक्कापक्कि नै भैसकेको छ । उता मार्की खेलाडी अञ्जन विष्ट आज टोलीमा फर्किने अपेक्षा गरिएको छ । चोटका कारण उनले पछिल्ला दुई खेल गुमाएका थिए ।

झापाका लागि आज राष्ट्रिय टोलीका डिफेन्डर योगेश गुरुङ टोलीमा हुने छैनन् । वीरगन्ज विरुद्ध खेलमा रातो कार्ड पाएका उनी आज बाहिर रहनेछन् । पछिल्लो खेल गुमाएका प्रदीप लामा भने टोलीमा फर्कनेछन् ।