Advertisement Ad

Advertisement Ad

कतारमा संघीय लिम्बुवान सामाजिक मञ्चको वनभोज, गायीका जुनु प्रसाईको आह्वान, ‘राष्ट्रिय पहिचानका लागि एक होऔं’

२२ पुस २०८०, दोहा। संघीय लिम्बुवान सामाजिक मञ्च कतारले प्रवाशी भूमी कतारमा जनवरी ५ का दिन वनभोज कार्यक्रम सम्पन्न गरेको छ।

कतारको पर्पल आइल्याण्डस्थित समुन्द्री तटमा सांगीतिक कार्यक्रम सहित वनभोज कार्यक्रम सम्पन्न भएको हो। संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष युवराज बेघाको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य एवं संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका अध्यक्ष कुमारसिं योङहाङले पहिचानको मुद्धा र मञ्चले उठाएको सवालबारे प्रष्ट पारेका थिए।, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका वरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेकले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।

कार्यक्रमका अध्यक्ष एवंम् संघीय लिम्बुवान सामाजिक मञ्च कतारका अध्यक्ष रेखा राई खाम्साले मञ्चले आयोजना गरेको कार्यक्रममा दोहालाई कर्मभूमी बनाएका विभिन्न समुदायका नेपालीहरुको उपस्थितिले आफूलाई खुसी तुल्याएको बताइन्। यस किसिमको सद्भाव, सहकार्य र समावेशीता समाज र राष्ट्रिय निर्माण अनि राज्यको चरित्रमा पनि देखिनुपर्ने उनले बताइन्।

गायीका जुनु प्रसाईको प्रस्तुती
औपचारिक कार्यक्रमपछिको साँस्कृतिक कार्यक्रममा गायीका जुनु प्रसाई लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए।

साम्याङफूङ, सिरबन्दी, कण्ठा, नेसे?, ढुङ्ग्री, मुन्द्रीमा सजिएकी लोकप्रिय गायीका जुनुको सांगीतिक प्रस्तुतीले सबैलाई नचाएको थियो। प्रस्तुतीको क्रममा जुनुले नेपाली राष्ट्रिय पहिचान संरक्षणका लागि समेत युवाहरुलाई आह्वान गरिन्।
नेपालीहरु बिश्वको जुनसुकै स्थानमा पुगे तापनी आफ्नो पहिचान र अस्तित्वलाई जगेर्ना गर्न हिच्किचाउन नहुने भन्दै आधुनिकताको दलदलमा अल्मलिरहेका युवाहरुलाई व्याङ्ग्य गर्दै भनिनि, ‘पहिचानको संरक्षण मबाट सुरु गरें, तपाईंबाट कहिले ?’

कार्यक्रममा जुनुसँगै राज लिम्बू, सन्त फागो लिम्बू र तमु गुरुङ सेवा समाज कतार र एनआरएनए कतारको समन्वयमा भइरहेको एनआरएनए सिङ्गिङ आइडल २०२४ को तेस्रो चरणका प्रतिश्पर्धी बिमल लिम्बू र गौतम सामी लिम्बूले पनि प्रस्तुती दिएका थिए।

औपचारिक र सांगीतिक गरी दुई चरणमा भएको कार्यक्रमको सञ्चालन संघीय लिम्बुवान सामाजिक मञ्च कतारका कार्यबाहक महासचिव मौसम लुप्लिहाङ लिङदम र यमुना माझीले गरेका थिए।