Advertisement Ad

पाँचथर जिल्ला सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारणसभा सम्पन्न

Advertisement Ad

२३ पुस २०८०, पाँचथर। जिल्ला सहकारी संस्था लिमिटेडको २० औं  बार्षिक साधारणसभा विभिन्न बार्षिक निती तथा कार्यक्रम पारितगर्दै सोमबार फिदिममा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामकुमार आङवोको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो। सभामासंस्थाका अध्यक्ष  रेणुप्रसाद ओझाले पेश गरेको संस्थाको गत चालु आर्थिक बर्ष २०७९/०८० मा संघले गरेका विभिन्न २१ वटाक्रियाकलाप सहित चालु आर्थिक बर्षमा  गर्ने १६ बुंदे कार्यक्रम सहितको सांगठनिक  प्रतिवेदनलाइ सभाले पास गरेको छ। यसै गरीसंस्थाको गत आर्थिक बर्षको आय ब्यय चालु आर्थिक बर्षको आर्थिक प्रतिवेदनलाई समेत सभाले पारित गरेको छ।

गत आर्थिक बर्ष २०७९/०८० को कुल १२ लाख ३४ हजार सय ९८ रुपैंयाँको आय ब्यय लाई समेत पारित गरेको पाँचथर जिल्लासहकारी संघका उपाध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिए। साधारणसभामा लेखा तथा सुपरीवेक्षण समितिका सदस्य सागरओझाले संस्थाले गरेका राम्रा पक्ष  सुधार गर्नुपर्ने पक्ष सहितको सुझाव  प्रतिवेदन पेस गरेका थिए। संघका अध्यक्ष रेणप्रसाद ओझाकोअध्यक्षतामा सम्पन्न साधारणसभाले लेखा तथा सुपरीवेक्षण समितिमा रिक्त रहेको संयोजक पदमा सागग ओझा सदस्यहरुमा बलबहादुर तामाड एवंम पवित्रा पोख्रेललाई चयन गरेको उपाध्यक्ष बाँकोटाले बताएका छन्

पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन साधारणसभामा प्रमुख  अतिथि आङबो, राष्ट्रिय  सहकारी बैंक फिदिमका शाखाप्रमुख इम्तिहाज आलम,पॉचथर उद्योग बाणिज्य संघका अध्यक्ष नवराज घिमिरे, करुणा फाउन्डेशनका पाँचथर संयोजक केदार भण्डारीलगायतले शुभकामना मन्तब्य राखेका थिए।