Advertisement Ad

गायक ब्रबिम शेर्मा युएईमा सम्मानित

Advertisement Ad

२१ पुस २०८०, पाँचथर। गायक ब्रबिम शेर्मा युएईमा सम्मानित भएका छन्। गतहप्ता त्यहाँस्थित याक एण्ड यतिमा आयोजित कार्यक्रममा गायक शेर्मालाई सम्मान गरिएको हो।

चासोक तङनामको अवशरमा किरात याक्थुङ चुम्लुङ युएईले आयोजना गरेको कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएई र किरात धर्म तथा साहित्य उत्थान संघ युएईले गायक शेर्मालाई संयुक्त रुपमा सम्मान गरेका हुन्। सम्मान ग्रहण गर्दै गायक शेर्माले भाषा, कला, संस्कृतिको संरक्षण एवंम् पहिचानको मुद्धालाई निष्कर्षमा पुर्याउन एकजुट हुनुपर्ने बताए।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ युएई अध्यक्ष बिक्रम पन्धाक, कियाचु युएई भुतपुर्व अध्यक्ष गज बहादुर वनेम, सल्लाहकारद्वय योगेश निङ्लेकु, खड्ग पन्धाक, नेपाली समाज युएई अध्यक्ष बेद प्रसाद अर्याल, ग्लोबल एन.आर.एन.ए. अध्यक्ष तथा नेफिन आइसीसी संयोजक पासाङ् शेर्पा, संघीय लिम्बुवान सामाजिक मञ्च युएई अध्यक्ष भिम अधिकारी लगायतको सहभागिता रहेको थियो।

चासोक तङनामको सांस्कृतिक महत्वबारे चर्चा परिचर्चा गर्दै औपचारिक कार्यक्रम कियाचु युएई अध्यक्ष कमल लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो। सोहि अवशरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक शेर्मा सहितका कलाकारहरुले सांगीतिक प्रस्तुती दिएको कियाचु युएईकी प्रवक्ता भूमी इधिङ्गो लिम्बूले बताइन्।