Advertisement Ad

यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ महिला सहित ७ जना पक्राउ

Advertisement Ad

२१ पुस २०८०, सप्तरी। सप्तरीमा यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । शुक्रबार राती प्रहरीले यौन व्यवसायमा संलग्न रहेको आरोपमा २ महिला सहित ७ जनालाई पक्राउ गरेको छ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातोस्थित कुनाल कोल्ड स्टोर एण्ड होटलबाट उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी गजुसिद्धी बज्राचार्यले बताए। उनीहरुलाई आपत्तिजनक अवस्थामा होटेलबाट पक्राउ गरिएको बताइएको छ।

पक्राउ पर्नेमा २ जना महिला र ५ जना पूरुष रहेका छन्। २ पूरुष भने भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। फरार रहेका होटल सञ्चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।