Advertisement Ad

मुक्कुमलुङमा केवलकार निर्माण: जबरजस्ती गरिए प्रतिरोध गर्ने याक्थुङ युवा मञ्चको चेतावनी

Advertisement Ad

१० माघ २०८०, पाँचथर। ताप्लेजुङमा अवस्थित पवित्रस्थल मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माणको योजना मुक्कुमलुङको मुन्धुमी, साँस्कृतिक र प्राकृतिक सम्पदालाई नष्ट गर्ने प्रपञ्ज भएको याक्थुङ युवा मञ्चले जनाएको छ।

मञ्चले हालै एक विज्ञप्ती जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण गर्ने योजनाको सशक्त प्रतिरोध गर्ने समेत जनाएको छ। ‘मुक्कुमलुङमा केबलकार बन्नुपर्छ र बन्नुहुँदैन भन्ने विवाद मूलतः रैथाने आदिवासी र आप्रवासी उपनिवेशकारीहरु बीचको द्धन्द हो’, विज्ञप्तीमा भनिएको छ, ‘अतिक्रमणको तिब्र आकांक्षाबाट बिकासको नाममा मान्छेहरुलाई भुलाएर, झुलाएर छिटो छिटो इतिहास मेट्न तल्लिन छन्।’

मञ्चका महासचिव संगीता सुहाङ र अध्यक्ष राजेन्द्र इधिङ्गो द्वारा हस्ताक्षरित विज्ञप्तीमा आदिमकालदेखि आदिवासी याक्थुङ (लिम्बू) येबा, फेदाङ्मा, साम्बाहरुले मुक्कुमलुङ, सेमुक्तु मुक्तुबुङ, सेमुक्तु मुक्तुबोमाङ आदि नामले पुकार्दै आएको मुक्कुमलुङ याक्थुङ (लिम्बू) समुदायको आध्यात्मिक मुन्धुमीस्थल भएको उल्लेख छ। विज्ञप्तीमा मुक्कुमलुङ आराध्यदेवी युमा? प्रकट भएको पवित्रस्थल भएको समेत उल्लेख छ।

सरकारले २०५३ मा पाथीभरा क्षेत्र विकास समिति गठन गरी मुक्कुमलुङमाथि औपचारिक रुपमा अतिक्रमण सुरु गरेको उल्लेख गर्दै मञ्चले त्यसैको निरन्तरता स्वरुप मुनाफाको उदेश्य बोकेको व्यापारिक कम्पनीको केवलकार निर्माणको योजनालाई सरकारले पनि पक्षपोषण गरेको आरोप लगाएको छ। मुक्कुमलुङमा केवलकार निर्माण गर्नाले भविष्यमा विकरात प्राकृतिक विपत्ति र दैवी प्रकोप ल्याउने कुरामा अहिले नै सचेत हुनुपर्ने मञ्चको भनाई छ।

केवलकार निर्माणकार्यको प्रतिरोधका लागि जस्तोसुकै बलिदानी लडाइ लड्न तयार रहेको उल्लेख गर्दै मञ्चले सरकार र सम्बद्ध पक्षले बेलैमा केवलकार निर्माण योजना खारेज नगरे त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार र स्वयंम् कम्पनीले लिनुपर्ने याक्थुङ युवा मञ्चका केन्द्रीय उपाध्यक्ष मनकुमार आङदेम्बेले चेतावनी दिए।

विज्ञप्तीः