Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकपको चौंथो संस्करण फागुन १२ देखि

१० माघ २०८०, पाँचथर। पाँचथर गोल्डकपको चौंथो संस्करण आगामी फागुन १२ गतेदेखि १९ गतेसम्म हुने भएको छ।

आयोजक पाँचथर क्लवले आज सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा आयोजक पाँचथर क्लव सहित ८ टिमको सहभागिता रहनेछ। एउटा अन्तराष्ट्रिय टोेलीको समेत सहभागिता रहने प्रतियोगितामा सहभागित हुने टिमको टुङ्गो लाग्न भने केहि दिन लाग्ने क्लवका सचिव योगराज सेढाइले बताए।

सदरमुकामस्थित फिदिम खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार रुपैंयाँ र उपविजेताले नगद २ लाख २ हजार रुपैंयाँ प्राप्त गर्नेछन्। फिदिम खेलमैदानको पुनर्निर्माण र कोरोना कहरका कारण रोकिएको प्रतियोगिता ४ बर्षपछि पुनः सञ्चालन हुन लागेको हो।