Advertisement Ad

कांग्रेसले पटकपटक अन्तर्घात गर्‍यो सहकार्य भंग हुन्छ: अध्यक्ष नेम्वाङ

Advertisement Ad

काठमाडौँ। माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन्।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ। कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो। अहिले पनि हाम्रा उम्मेदवार पराजित भएको छ। पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरे पनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कार्कीलाई पराजित गरी एमालेकी रूक्मणि कोइराला विजयी भएकी छिन्। गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्की पराजीत भएकी हुन्।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि, जना प्रदेश सांसदले फ्लोर क्रस गरेका थिए।

(रातोपाटीबाट)