Advertisement Ad

कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप बैशाख १६ गतेदेखि

Advertisement Ad

९ चैत, २०८० पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परम्परागत रुपमा लाग्दै आइरहेको त्रिशाली मेलामा आयोजना हुने ‘कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप २०८१‘ बैशाख १६ गतेदेखि सुरु हुने भएको छ ।

शुक्रबार यासोकमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । “पुर्वको सान कुम्मायकको पहिचान” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा आयोजक यलम्बर युवा संस्था, वाईवाई पाँचथर फुटवल क्लव, रेडहर्स क्लव इलाम, कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ, डाँगीहाट एफ् सि मोरङ, धरान सिटी फुटवल क्लव, दमक एकेडेमी झापा, र पुर्वाञ्चल ए पि एफ् को सहाभागिता रहने आयोजक समितिले जनाएको छ ।

यलम्बर युवा संस्थाले आयोजना गर्न लागेको प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ लाग्ने आयोजक संस्थाका अध्यक्ष भिम नारेन लिम्बुले बताए । फुटवल प्रतियोगिताको माध्यमबाट पाँचथर जिल्लामा फुटवलको बिकास, आर्थिक बिकास, पर्यटन, स्थानीय श्रोत तथा साधनको सदुपयोग र समग्र कुम्मायक गाउँपालिका क्षेत्रको आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको अध्यक्ष लिम्बुले बताए । पत्रकार सम्मेलनमा कुम्मायक गाँउपालिका अध्यक्ष बम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र खड्का र वडाध्यक्षहरुको समेत उपस्थिति थियो । प्रतियोगिताको प्रवर्द्धकको रूपमा रहेको कुम्मायक गाउँपालिकाले गोल्डकपलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने पालिका अध्यक्ष बम प्रसाद लावतीले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद तीन लाख ५५ हजार पाँच सय पचपन्न रुपैँया र दोस्रो हुने टिमले एक लाख ७७ हजार सात सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ठ खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही आठ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई पाँच हजार पुरस्करा प्रदान गर्ने तयारी छ । प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजकले जनाएको छ ।