Advertisement Ad

Advertisement Ad

इलाम–२ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ

११ चैत २०८०, काठमाडौ। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम–२ मा नेकपा एमालेले सुहाङ नेम्बाङलाई टिकट दिएको छ।

नेकपा एमालेको आइतबार बसेको पार्टी सचिवालय बैठकले इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि सुहाङ नेम्बाङलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सुहाङ २०७९ मा भएको निर्वाचनमा त्यसै क्षेत्रबाट निर्वाचित सुवाशचन्द्र नेम्बाङका छोरा हुन्। प्रतिनिधिसभा सदस्य रहेकै बेला गत भदौमा उनको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो।