Advertisement Ad

फिदिमिमा हर्षोल्लाशका साथ मनाइयो रंगहरुको पर्व होली

Advertisement Ad

११ चैत, २०८० पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा फागु पूर्णिमा अर्थात होली पर्व हर्षोल्लाशका साथ मनाइएको छ ।

फिदिम स्थित मेनरोडको अजिमा होटल अगाडी र वि.पि पार्क लगायतका क्षेत्रमा रंगहरुमा रमाउनेको भिड बनेको थियो । रंगहरुको पर्व होली मनाईरहँदा पछिल्लो समय होली पर्व प्रतिको आकर्षण कम भएको पत्रकार दिपक बोहोरा बताउँछन् । “होली पहिला जसरी मनाइन्थ्यो तलनात्मक रुपमा अहिले आकर्षण घटेको हो की जस्तो लाग्छ” उहाँले भन्नुभयो “युवाहरुमा एकदम उत्साहको रुपमा होली मनाएका छन, आपसी सद्भाव साटेका छन यो राम्रो कुरा हो”। रंगहरुमा साथीसँगीसँग आपसी सद्भाव साट्न पाउँदा रमाइलो भएको अनुभव फिदिमकी जुनिता लिम्बुले सुनाइन । “पोहोर साल पनि यहिँ ठाउँमा आएर होली मनाएका थिया ।” लिम्बुले भन्नुभयो “यसपटक पनि यहिँ ठाउँमा आएर मनाउन पाउँदा एकदम खुशी छु ।”

यो पर्व सकरात्मक तरिकाले मनाउन नजान्दा कहिलेकाहिँ बिकृतिको रुप लिन पुगेको फिदिमका जनम लोवाको तर्क छ । सकरात्मक तरिकाले आपसी सद्भाव साट्न सके पर्व महत्वपुणर् रहने लोवाले बताउनुभयो । फागु पुणर्िमा अर्थात होली पर्व आइतबार पहाडी क्षेत्रमा देशैभरि मनाइएको छ । तराइमा भने सोमबार मनाइनेछ ।

होली
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।(विकिपिडीयाबाट)