Advertisement Ad

अढाई दशक अगाडिको प्रेम कथामा ‘आजुनी माया’ सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

२४ असोज, २०८१ पाँचथर । निर्देशक बिक्रम योङ्हाङको निर्देशनमा अढाई दशक अगाडिको प्रेम कथा रहेको साङ्गितिक चलचित्र ‘आजुनी माया’ सार्वजनिक गरिएको छ ।

‘आजुनी माया’ मा लिम्बू सस्कृतिमा हुने प्रेम, बिबाह र रितिरिवाजलाई देखाउने प्रयास गरेको निर्देशक योङ्हाङ्ले बताए । अढाई वर्ष अगाडिको परिवेशको एउटा प्रेमकथा देखाइएको योङ्हाङ्ले बताए ।
‘आजुनी माया’ गितमा गायक शाहिल लिम्बू र सम्झना योङ्हाङ्को आवाज रहेको छ । सागर केरुङ्को शब्द रहेको यश गितलाई गायक लिम्बू आफैले सङ्गीत गरेका हुन ।

साङ्गितीक चलचित्रमा युगल लिम्बू, सब्नम इजम लिम्बू, फुङ्सो जबेगु, रमिता राई र अबि राईको प्रमुख अभिनय रहेको छ । पाँचथरको विभिन्न ठाँउमा छायांकन गरिएको ‘आजुनी माया’ लाई भुपेन योङ्हाङ्ले छायांकन गरेका हुन । चलचित्रलाई अर्जुन खड्काले सम्पादन गरेका हुन भने निर्देशक योङ्हाङ आफैले निर्माण गरेका हुन ।

‘आजुनी माया’ साङ्गितिक चलचित्रलाई सेप्माङ फिल्मस युटुव च्या्नल मार्फत सार्वजनिक गरिएको छ ।