Advertisement Ad

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता वासाँगुमा हुँदै

Advertisement Ad

रामचन्द्र तामाङ

२ कार्तिक २०८१, पाँचथर। पाँचथरको फाल्गुनन्द ६ र ७ को संगम स्थल वासाँगुमा यस बर्ष पनि द्वितीया  मेला लाग्ने भएको छ ।

बिगत लामो समयदेखी लाग्दै आएको मेलामा अन्तरपालिका स्तरिय पुरुष नकआउट भलिवल प्रतियोगिता, केलाःङ प्रतियोगिता तथा विविध सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता
कार्तिक १८ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा भलिबल अन्तरगर्त बिजेता टिमले १ लाख २५ हजार १ सय २५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ७५ हजार १ सय ७५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष बसन्त आङदेम्बेले जानकारी दिए । प्रतियोगिताका खेलाडीहरुलाई बिधागत पुरस्कार समेत प्रदान गरिनेछ ।

यस्तै केलाःङ प्रतियाेगिता अन्तरर्गत प्रथम हुनेले नगद १७ हजार ५ सय र द्वितिया हुनेले नगद १२ हजार ५ सय प्राप्त गर्ने मेला ब्यवस्थापन समितिका अध्यक्ष अमर आङदेम्बेले जानकारी दिए ।

क्लवले शुक्रबार फिदिममा पत्रकार सम्मेलन गर्दे यसपल्ट गायिका मिलन नेवार लगायतका कलाकारको उपस्थितिमा कार्तिक २० गते बृहत सांगीतिक कार्यक्रम समेत रहने जनाएको छ ।

मेला हरेक बर्ष फाल्गुनन्द गाँउपालिकाको ऐतिहासिक तथा पर्यटकिय क्षेत्र वासाँगुमा लाग्दै आइरहेको छ ।