Advertisement Ad

Advertisement Ad

रानीटारमा कार्तिक १४ देखी दिपावली गाेल्डकप हुने

रामचन्द्र तामाङ

३,कार्तिक २०८१
फिदिम : दिपावलीकाे अवसरमा तेस्राे दिपावली गाेल्डकप हुने भएकाे छ । पाँचथरकाे सुन्दर नगरी रानीटारमा ग्रीनभ्याली क्लव रानीटार तथा त्रिवेणी यूवा क्लवकाे संयुक्त आयोजनामा प्रतियाेगिता हुन लागेकाे हाे ।
रानीटार मा.विकाे खेलमैदानमा हुने पुरुष फुटबल प्रतियाेगिताकाे बिजेताले नगद रु ८० हजार सहित ट्रफ्रि प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ४५ हजार सहित ट्रफ्रि प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष पासाङ गुरुङले जानकारी दिए । प्रतियाेगितामा उत्कृष्ट खेलाडीहरुलाई बिधागत पुरस्कार समेत दिइने गाेल्डकपका खेल संयाेजक मिलन नेम्बाङले जानकारी दिए ।
दिपावलीकाे अवसरमा फुटबल प्रतियाेगिता सँगै बिभिन्न साँस्कृतिक कार्यक्रम समेत रहने आयोजक संस्थाका सचिव अनिल अधिकारीले जानकारी दिए । कार्तिक १४ गतेबाट सुरु हुने प्रतियाेगिताकाे फाईनल खेल कार्तिक १९ गते हुनेछ । नेपालीहरुकाे साँस्कृतिक पर्व तिहारकाे अवसरमा आयोजना हुने प्रतियाेतिताकाे याे तेस्राे संस्करण हाे ।