Advertisement Ad

धनकुटाको सहिदभूमि-४ खोकुमा दुर्घटनामा परि एकको मृत्यु

Advertisement Ad

नरेन्द्र कश्चित

१९ असोज २०८१, धनकुटा। हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४, नासपति चौकमा दुर्घटना परि २३ वर्षका लुरे वि.क.भनिने टाइजन वि.क.को मृत्यु भएको छ ।

शुक्रबार रातको ९:३० बजेतिर थलथलेबाट खोकु तर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले किचेर दुर्घटनामा परि वि.क. को मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरीक्षक विष्णु बहादुर खड्काले बताए।

दुर्घटना भएको सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरीक्षक खड्काले बताए। शवलाई  आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्डमको लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको सहिदभूमि-४ का वडा अध्यक्ष भिम बहादुर राईले बताए।