Advertisement Ad

Advertisement Ad

होली खेल्ने क्रममा ललितपुरमा भएको ग्याङ फाइटमा पाँचथरका एक सहित दुई जनाको मृत्यु

१२ चैत २०८०, काठमाडौ। होली खेल्ने क्रममा आइतबार राती ललितुपरमा ग्याङ फाइट हुँदा पाँचथरका एक जना सहित दुई जनाको मृत्यु भएको छ।

ललितपुरको धोलाहिटीमा दुई समूहबीच ग्याङ फाइट भएको थियो। सो क्रममा पाँचथर घर भई धोलाहिटी बस्दै आएका २८ बर्षीय रोबश राई र सुनसरी घर भई सोहि ठाउँमा बस्दै आएका ३० बर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

होलि खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट भएको थियो। दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पुगेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्ममा १८ जनालाई नियन्त्रणमा लिएको छ।

ग्याङ फाइटमा मृत्यु भएका रोबशको शव पाटन अस्पताल र पुजनको शव सुमेरु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।