Advertisement Ad

८० वर्षकि बिबरानीले पाईन नयाँ घर

Advertisement Ad

भिम चेम्जोङ १५ चैत, २०८० तेह्रथुम । “अब आनन्दले बस्न पाइने भो । साथीभाइ थियौ गरिदियौ ! पहिला धेरै दु:ख थियो त्यो भन्नुहुदैन । बुबाआमा बितेपछि एक्लै बस्दैछु ।” तेह्रथुमको आठराई गाउँपालिका -७ कि बिबरानी कन्दङवाले सुनाइन ।

८० वर्षकी कन्दङवाले बिहिवार नयाँ घर पाएकी छिन । आठराई गाउँपालिका घर भई हाल दक्षिण कोरियामा कार्यरत सुमन हाङ्स्रोङ्ले कन्दङ्वालाई घर बनाइदिएका हुन । लामो समयदेखि जिर्ण अवस्थामा बस्दै आएकी कन्दङ्वाको जिवनमा घर पाएपछि खुशी छाएको छ । “ठुलो मन भएका मान्छे अझैपनि पाइन्दोरहेछन ।” उहाँले भन्नुभयो “उहाँ (सुमन) सँग भेट त भएको छैन तर धन्यवाद छ ।”

समाजसेवामा क्रियाशिल सुमन हाङ्स्रोङ्ले कन्दङ्वासँगै अन्य थुप्रैको घर बनाइदिएको घर निर्माण समितिका संयोजक अमर बिसुङ्खेले बताए । बिबरानी कन्दङवाको घर निर्माणका लागि ७२ हजार ३५० रुपैयाँ खर्च लागेको बिसुङ्खेले बताए ।
आफुले बिबरानी कन्दङ्वा जिर्ण अवस्थाको घरमा बस्दै आएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सुमन हाङ्स्रोङ्ले घर बनाईदिएको पत्रकार तुलसिराम धमलाले बताए । घर हस्तान्तरण कार्यक्रमकै अवसर पारेर समाजसेवी कञ्चन श्रेष्ठले सिरक, डस्ना र लत्ताकपडा प्रदान गरिन । स्थानीय सरकारले पालिकामा फुसको छानो हटाउने कार्यक्रम ल्याएपनी पहुँच हुनेले मात्रै सुबिधा लिएको स्थानीय शिक्षक अबिनारायण पराजुलीले गुनासो गरे ।

घर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित आठराई गाउँपालिका १ का वडाध्यक्ष प्रेमराज फोम्बोले कन्दङ्वालाई हरेक कुरामा आफुले सक्ने सहयोग गर्ने बताए । नियमले दिनेसम्म कन्दङ्वाको आधारभुत आवश्यकता परिपुर्तिका लागि पनि सहयोग गर्न पहल गर्ने छिमेकी तथा आठराई गाउँपालिका -७ का वडासदस्य ले बताए ।