Advertisement Ad

संघीय लिम्बुवान सामाजिक मञ्च युएई द्वारा भाग्यशाली उपहार ओपनिङ् तथा साँगीतिक कार्यक्रम

Advertisement Ad

७ वैशाख २०८१, युएई। संघीय लिम्बुवान समाजिक मञ्च युएईले नेपाली नयाँ बर्ष २०८१ को शन्दर्भ पारेर भाग्यशाली उपहार ओपनिङ् एवंम् साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ। बर–दुबईस्थित ब्लू प्यालेस हलमा कार्यक्रम सम्पन्न भएको हो।

दीप प्रज्वलन एवंम् संघीय लिम्बुवान सामाजिक मञ्च युएईका वरिष्ठ उपाध्यक्ष बिक्रम वजिहाङको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पन्धाक लिम्बू, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख संरक्षक राम योङ्हाङ (बैदारे ठुले), उपाध्यक्षद्वय कुमार शंकर र लक्किराज बेघा लगायतले शुभकामना मन्तव्य राखेका थिए। औपचारिक कार्यक्रमको सञ्चालन महासचिव भुमी इधिङ्गो लिम्बु र प्रवक्ता लोकेन्द्र सम्बाहाम्फे (मिसेक) ले गरेका थिए।

कार्यक्रममा नेफिन युएईका संरक्षक प्रमोद श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल बहादुर लावती, युमा साम्यो महासभा युएईका उपाध्यक्ष गोबिन्द कुमार लुम्फुवा, थुप्पुको थेबे लिम्बु समाज युएईका अध्यक्ष पोबो थेबे (सेमी), नेवा पुचः युएईका अध्यक्ष बिरेन्द्र नकर्मी, सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार, मंगोल नेशनल अर्गनाइजेशन युएईका सचिव साङ्गे दोर्जे तामाङ, किरात धर्म तथा साहित्य उत्थान संघ युएईकी अध्यक्ष शिवरात्री नाल्बो, नेपाल आदिवासी जनजाती युवा महासंघ युएईकी उपाध्यक्ष सृजना लावती, पथरी शनिश्चरे समाज युएईका अध्यक्ष दिल राई, तुतु तुम्यहाङ् खड्ग पन्धाक लगायतको उपस्थिति रहेको थियो।

साँस्कृतिक कार्यक्रममा हेम फोम्बो, राजु तुम्बापो, दुर्गा कुरुम्बाङ, दिनेश योङहाङ्, लाजेशा सिङ्जाङ्गो, रस्ना लिम्बु, संगीता कुरुम्बाङ्, सबिता नाल्बो, पार्वती थलङ, टिका फियाक, भारती सुब्बा र मिना तबेबुङ्ले केलाङ् तथा धान नाच प्रस्तुत गरेका थिए। त्यस्तै सुन्दर योङहाङ लिम्बु, नन्द यक्सो, दिनेश योङहाङ लिम्बु र मिलन बम्जनले गायन साथै मनिषा सुब्बा, साबित्रा राई, अंकिता राई, भारती सुब्बा र इङ्सो लिम्बुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा नव क्रियाशील सदस्यहरु र नव नियुक्त कार्यसमिति सदस्यहरुलाई स्वागत गरिनुसाथै कार्यक्रमलाई प्रायोजन गरि सहयोग गर्ने विभिन्न संघ–संस्था र व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो।

पहिचानवादी उम्मेद्वार डकेन्द्रसिं थेगिमलाई भोट दिन आग्रह
कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईले इलाम–२ मा यहिं वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीहरुको साझा उम्मेद्वार डकेन्द्रसिं थेगिमलाई भोट दिएर विजयी गराउन समेत इलाम–२ का मतदातालाई आग्रह गरेको छ। पहिचान, अस्तित्व र सभ्यताको रक्षार्थ इलाम–२ को उपनिर्वाचनमा पहिचानवादी ४१ घटकका साझा उम्मेद्वार थेथिमलाई मुढा चुनाब चिन्हमा मतदान गरी बिजयी गराउन इलाम–२ का मतदातालाई आग्रह गरिएको संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले बताए।

औपचारिक कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको महासचिव भूमी इधिङ्गो लिम्बूले जानकारी दिएका छन्।