Advertisement Ad

Advertisement Ad

इलाममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

७ वैशाख २०८१, इलाम। आज (शुक्रबार) दिउँसो करेन्ट लागेर इलाममा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।

इलाम नपा–८ मा विद्युत पोलमा चढेर विद्युत जोड्ने काम गर्ने क्रममा इलाम नपा–५ बस्ने ४२ बर्षीय दिलीप कुँवरको मृत्यु भएको हो।

त्यहाँ हुँदै सन्दकुपुरतर्फ लगिएको पोलमा चढेर काम गर्ने क्रममा अचानक ११ हजार भोल्टको विद्युत प्रवाह हुँदा कुँवरलाई करेन्ट लागेको थियो।

करेन्टले कुँवरलाई पोलमै टाँस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका गिएसपी प्रकाश जबेगुले बताए।