Advertisement Ad

Advertisement Ad

मूख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छः आङबो

७ वैशाख २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले प्रदेश सरकारका मूख्यमन्त्री केदार कार्कीले निर्धारित समयसिमाभित्र मार्गप्रसस्त गर्नुपर्ने बताएका छन्।

आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि आफ्नो धारणा राख्दै पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता आङबोले यस्तो बताएका हुन्। आङबोले संसदबाटै सरकार जन्मने उल्लेख गर्दै संसदले निर्देश गरेपछि मूख्यमन्त्रीले निर्धारित समयमा मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे।

आङबोले आफ्नो दल संकल्प प्रस्तावको पक्षमा रहेको बताउदै अल्पमतमा परेको सरकारले नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन संकल्प प्रस्ताब पेश भएको बताए।